|

डडेल्धुरा : एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गरेका छन्। शुक्रबार प्रेस चौतारी र प्रेस सेन्टर डडेल्धुरा शाखाले गरेको संयुक्त पत्रकार सम्मेलनमा ओलीले राष्ट्रलाई एकताबद्ध बनाएर विकासका ठोस योजनाका साथ आगाडि

बढाउने सरकार बन्ने बताएका हुन्। ‘त्यस सरकारले लोकतान्त्रिक अभ्यास गर्छ, सुशासन दिन्छ, कानुनीराज बनाउँछ। ओलीले भने, सिंगो राष्ट्रलाई एकताबद्ध बनाउँछ, कसैलाई पनि मधेसी पहाडी बनेर विभेद गर्दैन।’

‘अब बन्ने सरकारले मधेस, पहाड, हिमाल र दुर्गम ठाउँको विकास गर्छ।’ उनले थपे, यो क्षेत्रीयताबादी साम्प्रदायिक अनेक खालका कुरा उचालेर आफ्नो दुनो सोझ्याउने र देशलाई नोक्सान गर्ने काम गर्दैनौँ। विकासका ठोस योजनाका साथ अगाडि बढ्छौँ  र देश विकासको बाटोमा अघि बढ्छ यो निर्वाचन पछि।’

अध्यक्ष ओेलीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाधलीरहित बनाउनुपर्नेमा जोड दिए। ‘निर्वाचन भनेकै जनताको अभिमत हो’ ओलीले भने, ‘त्यो स्वतन्त्र रूपले प्रकट हुन पाउनुपर्छ।’ उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्र प्रतिबद्ध रहेको प्रस्ट पार।

‘नेकपा एमालेको तर्फबाट आचारसंहिताको पालना, निर्वाचनलाई स्वतन्त्र निष्पक्ष, धाधलीरहित बनाउने र शान्ति ढंगले निर्वाचन गराउने कुरामा कुनै बाँकी रहँदैन।’ ओलीले भने, हामी त्यसमा पूर्णरुपमा प्रतिबद्ध छौँ।’ हामीसँग चुनावी तालमेल गरिरहेको माओवादी केन्द्र

यसमा प्रतिबद्ध छ। त्यसपछि उनले थपे, ‘प्रचण्डजी र मैले कुरा गरेका छौँ, सम्पूर्णरुपमा हामी चुनावलाई निष्पक्ष, स्वतन्त्र, धाधलीरहित बनाउने र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने कुरामा दृढ छौँ।’

निर्वाचनलाई शान्तिपूर्ण भयरहित तरिकाले सम्पन्न गर्नको साटो सरकार अनेक प्रकारका धाधली गरिरहेको ओलीको आरोप छ। ‘सरकारको त शान्ति सुव्यवस्था गर्ने काम हो। निष्पक्ष चुनाव गराउने काम हो।’ ओलीले भने, यसमा सरकार झन् बढी गम्भीर हुनुपर्ने ठाउँमा सरकार अनेक प्रकारका धाधली गरिरहेको छ।’

फरक प्रसंगमा ओलीले भारतसँग कांग्रेसले सम्बन्ध बिगारेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको र चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको तर्क गरे। 

‘देशका ३८ वटा उद्योग तथा कलकारखाना बन्द गराएर ४० लाख युवालाई विदेश पठाउनेहरुबाट देश चल्दैन।’ कांग्रेसलाई लक्षित गदै उनले भने,‘कसैकसैले नेपाललाई गरिब देश बनाउन चाहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.