|

रसुवा : आइतबार हुने चुनावका लागि रसुवाका ४ हजार मतदातालाई मतदाता परिचय पत्र वितरण सुरु गरिएको छ। स्थानीय तहको चुनावमा परिचयपत्र बनाउन छुटेका नयाँ मतदातालाई परिचयपत्र वितरण गरिएको हो। ४५ वटा मतदान केन्द्रबाट मतदान अधिकृतमार्फत मतदाता परिचयपत्र वितरण भइरहेको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।

स्थानीय तहको चुनावपछि मतदाता नामावलीमा नाम समावेश भएका ४  हजार ४८ जनाले मतदाता परिचयपत्र पाउने जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताए। गत वैशाख ३१ गते भएको चुनावमा २७ हजार ८ सय ५५ मतदाता रहेकोमा अहिले ३२ हजार ३ सय २३ मतदाता रहेका छन्।

जिल्ला निर्वाचन अधिकारी खालिङका अनुसार परिचयपत्र लिइसकेका मतदाताले त्यही परिचयपत्र प्रयोग गर्न सक्नेछन्। मतदाता नामावलीमा नाम समावेश भएर परिचयपत्र नलिएका मतदाताले परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाउने कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.