|

म्याग्दी : म्याग्दीमा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरेर आज बम विस्फोट भएको छ।

बेनी नगरपालिका–२ तोराखेतमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विस्फोट भएको हो।

बेनपा–२ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडीभन्दा करिब सात मिटर अगाडिको सडकमा विस्फोट भएको थापाले बताए। आज पौने १ बजेतिर ठूलो आवाज आउने गरी विस्फोट भएपछि उम्मेदवारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए।

विस्फोटबाट कुनै क्षत्ति भने भएको छैन। विस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ। विस्फोटको सूचना पाउनेवित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले बताए।

सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर विस्फोट भएको थियो। चुनाव विरोधी गतिविधि गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले विस्फोट गराएको सुरक्षा निकायले शंका घटनामा संलग्नको पहिचान हुन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.