|

  • पेमा लामा-

काभ्रेपलाञ्चोक : २१ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको लागि करिब २ हजार ८ सयजना जनशक्ति खटाउने तयारी गरिरहेको मुख्य निर्वाचन अधिृकतको कार्यालय धुलिखेलले जनाएको छ।

प्रतिनिधिसभा सदस्यको लागि दुई वटा निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४ वटा निर्वाचन क्षेत्र रहेको काभ्रेमा २ हजार ७ सय ९९ जना कर्मचारीहरु(जनशक्ति) खटाउने तयारी भइसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले बताए।

काभ्रेपलाञ्चोक जिल्लाका मुख्य निर्वाचन अधिकृत अधिकारीका अनुसार निर्वाचन अधिकृतको कार्यालयबाट गर्नुपर्ने सबै तयारीहरु अन्तिम चरणमा पुगेको बताए। जिल्लाको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेको विवरणअनुसार निर्वाचन आयोगमा पठाएर त्यसको आधारमा जिल्लामा पठाएको निर्वाचन चिह्न अनुसारको मतपत्र प्राप्त भइरहेको अधिकारीले उनले बताए। ‘हामीले त्यसरी पठाएको चिह्नको आधारमा प्राप्त भएको मतपत्र मिलाउने क्रममा छौं।’ उनले बताए।

उनका अनुसार प्रतिनिधि सभा क्षेत्र नं. १ को लागि १ लाख ५१ हजार मतपत्र रहेको छ। त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेशसभा १ मा ७५ र १ को २ मा ७६ हजार मतपत्र रहेको छ भने समानुपातिकतर्फ १ ५१ हजार मतपत्र जिल्लामा आइसेको छ।

त्यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं. २ मा १ लाख ५६ हजार मतपत्र प्राप्त भइसकेको छ र भने प्रदेशसभा २ को १ का लागि ७६ हजार र २ को २ का लागि ८० हजार मतपत्र र समानुपातिकतर्फ १ लाख ५६ हजार जिल्ला आइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइसकेको मुख्य निर्वाचन अधिकृतको सूचना अधिकारी तिलक कार्कीले बताए।

त्यस्तै, उनले निर्वाचनको लागि निर्वाचन अधिकृत र सहायक अधिकृतलाई छिट्टै तालिम दिएर मतदानस्थलहरुमा खटाइने तयारी भइरहेको छ। त्यसको लागि उनीहरुको नियुक्ति पत्रको व्यवस्था गर्ने काम अगाडि बढिरहेको जनाएको छ।

उनले निर्वाचनको लागि दल र उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेको वेला विशषेगरी निर्वाचन आचारसंहितालाई ख्याल गर्न आग्रह गरिरहेको जनाएको छ। ‘निर्वाचनमा आचारसंहिता उल्लंघन नगर्नको लागि र पूर्ण पालनाको लागि अनुगमन गरिरहेको र पार्टी तथा उम्मेदवारहरुलाई त्यही ढंगले आग्रह गरिरहेका छौं।’

 अधिकारीले भने, उनले आचारसंहिताको उल्लंघनको सन्दर्भमा कही कतैबाट लिखित उजुरी नआएको र मौखिक रुपमा आएको गुनासो एवं सूचनालाई तत्कालै सुनुवाइ गरेर आचारसंहिता पालना गर्न र सच्याउन आग्रह गरिरहेको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.