|
Photo : Reuters

जिम्बावेका नयाँ राष्ट्रपति इम्मेर्सन मनान्गाग्वाले शुक्रबार शपथग्रहण गरेका छन्। राजधानी हरारेको एक स्टेडियममा ६० हजार भन्दा बढी मानिसको उपस्थितिमा मनान्गाग्वाले सर्वोच्च अदालतका प्रधानन्यायाधीशसामु शपथग्रहण लिएका हुन्। उक्त समारोहमा विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

विगत ३७ बर्षदेखि शासन गर्दै आएका ९३ वर्षीय निवर्तमान राष्ट्रपति रोबर्ट मुगावेलाई सेनाले सत्ताच्यूत गरी राजीनामा दिन बाध्य पारेको थियो। मुगावेलाई सेनाले नियन्त्रणमा लिएका थिए भने उनको पार्टी जानु पीएफले श्रीमतिसहित उनलाई हटाउएको थियो। मुगावेविरुद्ध महाभियोग दर्ता गरिएको थियो। 

श्रीमतिलाई सत्ताको उत्तराधिकारी तोक्ने तयारीकासाथ मनान्गाग्वालाई उपराष्ट्रपतिको पदबाट हटाएपछि जिम्बावेमा राजनीतिक संकट सिर्जना भएको थियो। इम्मेर्सन मनान्गाग्वा उपराष्ट्रपतिबाट हटाइएपछि सुरक्षाको कारण देखाउदै निर्वासनमा गएका थिए। त्यसपछि सेनाले मुगावेलाई हटाएको थियो। 

अफ्रिकन राष्ट्रहरुले मुगावेलाई सत्ताच्यूत गर्ने सेनाको कदमलाई समर्थन गर्दै राजीनामा दिन दबाब दिएका थिए।

मुगावेले राजीनामा दिएपछि इम्मेर्सन मनान्गाग्वाले बिहीबार राष्ट्रपतिको जिम्मेवारी लिएका थिए। उनले जिम्बावेमा नयाँ लोकतान्त्रिक युग सुरु भएको घोषणा गरेका छन्। ७५ बर्षीय इम्मेर्सन मनान्गाग्वाले जिम्बावेमा रोजगारी सिर्जना गर्ने, देशको हितमा काम गर्ने उद्घोष गरेका छन्।

इम्मेर्सन मनान्गाग्वालाई जानु पिएफ पार्टी, विपक्षी दल र सेनाका साथै जनताले समर्थन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.