|

बागलुङ : निसीखोला गाउँपालिकामा कांग्रेस कार्यकर्ताको कुटपिटबाट माओवादी केन्द्रका कार्यकर्ता घाइते भएका छन्। घरमा माओवादी केन्द्रको झण्डा राखेको भन्दै निसीखोला–१ लेबाङका ३० वर्षीय मानबाहादुर नेपालीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

‘बिहीबार साँझ वडा सदस्यसमेतले घरमा झण्डा किन राखेको भन्दै कुटपिट गर्नुभएछ’ इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण राना मगरले भने, ‘हामीलाई आज (शुक्रबार) मात्र थाहा भयो, ‘घटनास्थाल पुगेर घाइतेलाई उद्धार गरी बुर्तिबाङ प्रथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएका छौं।’

उनको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ। वडा सदस्य खालबहादुर घर्तीसहित स्थानीय कांग्रेस कार्यकर्ताहरु होमकर्ण घर्ती, ललित भनिने लालबहादुर घर्ती र केयरसिंह पुनले झण्डा राखेको निहुँमा कुटपिट गरेका नेकपा माओवादी केन्द्र निसीखोला गाउँपालिका–१ का अध्यक्ष सागर पुनले जानकारी दिए।

माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा बागलुङ निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा उम्मेदवार देवेन्द्र पौडेल तथा निसीखोला गाउँपालिका अध्यक्ष प्रेमबहादुर घर्तीसहितको टोलीले शुक्रबार दिउँसो स्वास्थ्य केन्द्रमै पुगेर नेपालीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.