|

रूपन्देही: सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रूपन्देहीले ४० लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

भारतबाट आउँदै गरेका कोटहीमाई गाउँपालिका- ५ का २४ वर्षका विजयनाथ यादवलाई सिद्धार्थनगर नगरपालिका- २ मेउडीहवाबाट ४० लाख नौ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय रूपन्देहीले जनाएको छ।

लु२९प ४९४१ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा शंका लागेर जाँच गर्ने क्रममा उक्त रकम फेलापरेको र स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी हवल्दार मुक्तिप्रसाद थारूले जानकारी दिए।

यादवलाई आवश्यक अनुसन्धानका लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.