|

रौतहट : छुटाछुटै सवारी दुर्घटनामा रौतहटमा शुक्रबार ३ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गको चन्द्रनिगाहपुर भन्दा २ किलोमिटर पश्चिमको जङ्गलमा शुक्रबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु भएकाको पहिचान हुन सकेको छैन।

पश्चिमतिर जाँदै गरेको बा १० च १९१२ नम्बरको जीप राजमार्गकै पुलमा रोकेपछि पछाडिबाट आएको ना ३३ प नम्बरको मोटरसाइलक टोक्किदा लडेका मोटरसाइकल चालकलाई विपरीत  दिशाबाट आउदै गरेको युपी ५३ के १३५१ नम्बरको भारतीय बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको हो। बस र कारलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

यसैगरी बिहीबार रातिमात्रै गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिकास्थित मेथुरचोकमा ना ३ च ४४३४ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा पैदल यात्रु ५० वर्षीय श्यामसुन्दर साहको मृत्यु भएको छ। त्यस्तै  बी आर ०५ एफ ०५८६ नम्बरको मोटरसाइकल जयनगर र सखुअवाचोकको बीचमा अनियन्त्रित भई दुर्घटना हुँदा चालक परोहा नगरपालिका निवासी– २ का २५ वर्षीय शेख सेराजको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.