प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति : निर्वाचन २०७४

पाँच वर्षमा आफ्नो क्षेत्रलाई समृद्ध बनाउँछुः मन्त्री पाण्डे
SHARES

मंसिर ८, २०७४

    चितवनः वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले कांग्रेसलाई साथमा लिएर पाँच वर्षमा चितवन क्षेत्र नम्बर– ३ लाई विकसित र समृद्ध बनाउने बताएका छन्। 

    चितवन क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष पाण्डेले त्यही अठोटसहित चुनावी मैदानमा आएको बताएका छन्।

    चितवनको भरतपुर महानगरपालिका– १६ को झनझनेमा शुक्रबार आयोजित कोणसभामा बोल्दै मन्त्री पाण्डेले यसअघि चुनाव जितेर माओवादीले केही नगरेको दाबी गर्दै अब यस क्षेत्रलाई विकसित पार्ने बताए। 

    २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनमा चितवनको ५ नम्बर क्षेत्रमा चुनाव जितेपछि विकास निर्माणले गति पाएको दाबी गर्दै मन्त्री पाण्डेले कांग्रेस नेता रामकृष्ण घिमिरेले जितेर विकास निर्माणका योजना कार्यान्वयन गराउन लागेपछि विपक्षी गठबन्धन अत्तालिएर अनेक भ्रम छर्दै हिँडेको आरोप लगाए।

    माओवादीबाट तीन पटक प्रधानमन्त्री हुँदासमेत हालको निर्वाचन क्षेत्र सधैँ उपेक्षामा परेको उनको जिकिर थियो। भ्रष्टाचारमा रमाउने र विदेशीको इशारामा चल्ने नेताले देश समृद्ध बनाउन नसक्ने उनको भनाइ थियो।

    लोकतान्त्रिक गठबन्धनले शुक्रबार भरतपुर– १६ को फुर्ती चोक, गोविन्द चोक, नर्सरी चोक, चिरञ्जिवी चोक, विजयनगरको मगर टोल, लामा चोक, घुम्ती चोक, सृजनशील चोकलगायतका ठाउँमा घरदैलोपश्चात् चुनावी कोणसभा गरेको थियो। 

    यता, पुत्र शोकमा परेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा वाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर– ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले शुक्रबारबाट आफ्नो चुनावी अभियान पुनः सुरु गरेका छन्। 

    उनले कम्युनिष्ट केन्द्र निर्माण गरी समृद्ध राष्ट्र बनाउने अभियानमा आफू लागेको बताए।

नारायण ढुंगाना

पत्रकार ढुंगाना थाहाखबरका चितवन संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]