३ को अवस्था गम्भीर

|
दुर्घटनामा परी ज्यान गुमाएका प्रहरी निरीक्षक दम्पती नवीन श्रेष्ठ र अनिता प्रधान, जसको २ दिनअघि विवाह भएको थियो।

रुकुम : रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुमपश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको जीप शुक्रबार बेलुकी मुसीकोट नगरपालिका–६, कालिमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

दुर्घटनामा तीन जना घाइते भएका छन्। ग१ज ४२६० नम्बरको जीप बेलुकी ८ बजे सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी सिस्ने गाउँपालिका–६ का नवीन श्रेष्ठ र अनिता प्रधान, मुसीकोट–१ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाही श्रेष्ठ, सुधन श्रेष्ठ र जनक शाह, सिस्ने–१ की यमुना मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजेन्द्र धमलााले जानकारी दिए। दुई दिनअघि मात्र वैवाहिक जीवनमा प्रवेश गरेका नविन र अनिता दुवै प्रहरी निरीक्षक हुन्।

जीपचालक दाङ तुलसीपुरका प्रेम थापा, सहचालक रुकुम पश्चिमका प्रेम केसी र बर्दियाका टेकबहादुर खत्री गम्भीर घाइते छन्। घाइतेहरूलाई जिल्ला अस्पताल रुकुम पश्चिममा सामान्य उपचारपछि नेपालगञ्ज पठाइएको डीएसपी धमलाले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.