|
फाइल फोटो

काठमाडौं : संसद् नै नहुँदा पनि यहाँ कार्यरत कर्मचारीले ८० प्रतिशतसम्म भत्ता लिँदै आएका छन्। यसबाहेक खाना–खाजाका लागि थप दैनिक २५० रुपैयाँ पाउने गरेका छन्।
राज्यकोषबाट सचिवालयका कर्मचारीको भत्तामा मात्रै मासिक ७० लाख ५० हजारभन्दा बढी खर्च हुन्छ। गत असोज २८ गतेदेखि संसद्को कार्यकाल सकिए पनि आगामी माघ ७ सम्म कर्मचारीले भत्ता र खाना–खाजा सुविधा पाउनेछन्। यस अवधिमा कर्मचारीको भत्तामा मात्रै दुई करोड १० लाख खर्च हुनेछ।

सचिवालयमा हाल स्थाय र करार गरी करिब तीन सय कर्मचारी कार्यरत छन्। यसमध्ये २२४ स्थायी कर्मचारीले ८० प्रतिशत भत्ता पाउँछन्। महासचिवको मासिक भत्ता ५१ हजार एक सय छ। उनले तलबभत्तासहिता मासिक एक लाख पाँच हजारभन्दा बढी रकम बुझ्छन्। 

दुई सचिवको भत्तामा मात्रै ९७ हजार २६०, ३४ उपसचिवका लागि ११ लाख ८५ हजार र ४१ शाखा अधिकृतका लागि मासिक १३ लाख आठ हजार रुपैयाँ खर्च हुन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.