|

काठमाडौं: २०७२ सालमा गएको भुकम्पले नेपाललाई तहन नहस बनाउँदा पुल्चोक स्थित तशनिम किंगस किचन पनि अछुतो रहन सकेन। भर्खरै फस्टाउँदै गरेको तशनिम सहानीको रेष्टुरेण्टलाई भुकम्पको ठूलै झड्का लाग्यो।

 भुकम्पको धक्काले विचलित भएकी सहानीले सबैको अवस्था देखेर आफुलाई सम्हालीन खोज्न नपाउँदै फेरी अघोषित नाकाबन्दीले अर्को धक्का दियो। ग्यास र पेट्रोलको अभावले रेष्टुरेण्ट सञ्चालन गर्न उनलाई हम्मे हम्मे भयो। कर्मचारीको तलब र घर भाडा तिर्न पनि उनलाई गाह्रो भयो भयो। तर, उनले हार मानिन्।

लगातर आफनो काममा खटि रहिन्। आज उनी सफलताका साथै रेष्टुरेष्ट सञ्चालन गरि रहेकी छिन् । कठिन परिस्थितका बाबजुद पनि आजको सफलता हात पार्न सफल भएको कथा सुनाई रहँदा शहानी प्रफुलित थिईन्।

नेपाल इन्टरप्रेनियरसीप हवले आयोजना गरेको  'बृद्धि नै सफलताको मुलमन्त्र' बिषयक छलफल कार्यक्रममा सहानीले आफनो सफलताको कथा सुनाएकी हुन्। कार्यक्रममा उनी लगायत अन्य हेल्थ टु होम फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत डा।विशाल ढकाल, इनोभेटिभ नेपाल ग्रुपका कार्यकारी निर्देशक रवि फुयाल, विरुवा एडभाईजरका म्यानेजिङ्ग पार्टनर विधान राणाले पनि आफनो सफलताको कथा सुनाए।

अवसरको पहिचान, जोखिमलाई व्यवस्थापन गर्ने सक्ने क्षमता, धैर्य र नयाँ परिवर्तन लाई सफलताको शुत्र भएको उनीहरुले बताए। काम गर्दै जाँदा धेरै समस्या आउँछन् तर, त्यसलाई समाना गर्दै जानु पर्ने विरुवा एडभाईजरका म्यानेजिङ्ग पार्टनर विधान राणाले बताए । 'आफनो काममा नयाँ नयाँ सृजना र भ्यालूलाई पनि जोडदै जानुपर्छ', उनले भने ।

नेपालमा रहेका उद्यमीहरुलाई प्रोत्साहित गर्न स्थापित हवले उद्यमीहरुको महिनाको अवसरमा पाँच दिने स्पार्क विक २०१७ कार्यक्रमको सञ्चालन गरेको हो। गत बुधबार देखि आयोजित कार्यक्रम आगामी आईतबारसम्म सञ्चालन हुनेछ। हवले कार्यक्रमको पहिलो दिन 'मिडया र इन्टरप्रेनियरसीप' बिषयमा विभिन्न स्केट होल्डर बिच छलफल गरेको थियो। त्यस्तै, दोस्रो दिन 'केवल विचार पर्याप्त छ' बिषयमा छलफल गरेको थियो। कार्यक्रमको चौथो दिन शनिबार “लगानीकर्ताहरुको आँखाबाट” भन्ने बिषयमा छलफल हुने आयोजक हवले बताएको छ। कार्यक्रमा व्यवसाय सञ्चालन गर्दै आएका र सञ्चालन गर्न चाहने युवाहरुको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.