|

उदयपुर : तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  त्रियुगा नगरपालिकामा १३ वर्षीया बालक पक्राउ परेका छन्। बालिकाको परिवारको उजुरीको आधारमा बालिकालाई बलात्कार गरेको आरोपमा बालक पक्राउ परेका हुन्।

बालिकालाई अम्बा देखाई फकाएर कोठामा लगि बलात्कार गरेको ती बालकले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। निम्न आयस्तर भएको बालिकाको परिवारलाई मिल्नका लागि दबाब दिई बालकको परिवारले निजी अस्पतालमा गर्न पठाएको खुलेको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर देवीप्रसाद फागोले बताए।

‘निजी अस्पतालले उपचार नगर्ने बताएपछि जिल्ला अस्पताल उदयपुरमा उपचारका लागि लगिएको रहेछ। त्यसपछि मात्र घटना बाहिर अाएको हो’, उनले भने ‘ जिल्ला अस्पताल बोक्सेमा शुक्रबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।’ बालकलाई पक्राउ गरी शुक्रबारै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको फागोेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.