|

बैतडीः पहिलो चरण अन्तर्गत आईतबार प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचन हुने बैतडीमा ८ सय बढी ईजाजतप्राप्त हतियार नागरिकले घरमै लुकाएका छन्। हरितयार बुझाउन २ महिनाअघिदेखि प्रशासनले आग्रह गरे पनि अझै ८ सय २५ ईजाजत प्राप्त हतियार नागरिकले घरमै राखेको  जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ।

भरुवा बन्दुक,बाराबोर,बाईसबोर, दुई नाले र एकनाले बन्दुक गरी १ हजार १ सय २९ ईजाजत प्राप्त हतियार रहेको जिल्ला प्रसासन कार्यालयको तथ्यांक छ। हितयार बुझाउट अटेर गर्नेहरुलाई नविकरणको बेला स्पष्टीकरण सोधिने तथा ती हतियारबाट क्षेति पुगेमा गैरकानुनी ठहरिने प्रमुख जिल्ला प्रशासन अधिकारी सिताराज जोशीले बताए। 'नबुझाएकाहरुलाई कारबाही के गर्ने भन्ने स्प्षट व्यवस्था छैन, ती हतियारबाट घटेको घटना गैरकाकानुनी हतियार सरह मानेर कारबाही गरिने छ' जोशीले थाहाखबरसंग भने।

३ सय ४ जनाले​ बुझाए

बैतडीमा हालसम्म ३ सय ४ जनाले हतियार बुझाएका छन। मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तीहरुसंग रहेका ईजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको थियो।

एकनाले, दुई जनाले भरुवा बन्दुक गरी हालसम्म ३ सय ४ जनाले हातहतियार बुझाएको प्रहरी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरिक्षक हेरम्व शर्माले बताए। ‘जिल्ला प्रहरी कार्यालयसँगै हरेक प्रहरी इकाईमा गएर पनि हतियार बुझाउन सकिने भएपनि अधिकांसले बुझाएनन्’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.