|

जाजरकोट : कुशे गाउँपालिका–१ का अध्यक्ष अपहरणमा परेका छन्। वडाध्यक्ष गोपालबहादुर नेपालीलाई नेत्रबहादुर चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरूले अपहरण गरेका हुन्।

राति २ बजे गाउँपालिका कार्यालय नजिकैबाट नेकपाका चार पाँच जना कार्यकर्ताले जबरजस्ती लगेको वडाध्यक्ष नेपालीका भाइ प्रमोद नेपालीले जानकारी दिए। ‘भोलि हुने निर्वाचनको तयारीबारे छलफल गर्दैथियौं’, उनले भने, ‘विप्लवका  चार पाँच जना कार्यकर्ताहरू आएर समातेर लगे। प्रतिकार गर्‍यौं तर लगिछाडे।’

नेकपाका जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले नेपालीलाई लगेको स्वीकार गरेका छन्। आइतबार हुने निर्वाचन रोक्ने उद्देश्यले नेपालीलाई लगेको प्रतिक्रिया दिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी भावेश धिमालले वडाध्यक्ष अपहरणमा परेको जानकारी नभएको बताए।

नेपाली गत स्थानीय निर्वाचनमा एमालेबाट कुशे–१ को वडाध्यक्ष चुनिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.