|

सुनसरी : वैद्य माओवादीले आफ्नो कार्यकर्ता विनाकारण आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै तत्काल विनासर्त रिहाइको माग गरेको छ। प्रहरीले छापामार शैलीमा विप्लवको कार्यकर्ता भन्दै आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै रिहाइको माग गरेको हो।

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला सदस्य सूर्यबहादुर राईलाई मंसिर ६ गते विनाकारण पक्राउ गरेको भन्दै पार्टीले शुक्रबार पत्रकार सम्मेलन गर्दै विनासर्त रिहाइको माग गरेका हुन्। ५ मंसिरमा पनि इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको तर, आफ्नो नेता कार्यकर्ता रहेको पुष्टि गरिसके पनि पुनः मंसिर ६ गते साँझ पक्राउ गरेको नगर संयोजक पेमा लामाले बताए।

राई ०७४ साल वैशाख ८ गते वैद्य समूहमा प्रवेश गरिसकेको आफूहरुसँग आधार रहेको प्रदेश इन्चार्ज मनोज श्रेष्ठले बताए। प्रहरीले तत्काल विनासर्त रिहा नगरे अदालत जाने चेतावनी दिएको छ। आइतबार सम्ममा पार्टीले बन्दी प्रत्यक्षीकरणको रिटसम्म हाल्ने तयारी भइरहेको लामाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.