|

तनहुँ : पुथ्वी राजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ अकालमा शुक्रबार राति साढे आठ बजे बस दुर्घटना भएको छ। पोखराबाट वीरगञ्जका लागि छुटेको ना४ख ६५०० नम्बरको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। पर्सा जिल्ला मुल्मी गाउँपालिका स्थायी घर भइ हाल पोखरास्थित ६० वर्षीय गण्डकी मेडिकल कलेजका प्रोफेसर रघुवंशी त्रिपाठीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

त्यस्तै, गरी दुर्घटनामा परी १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए। मल्लका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य सामान्य घाइते भएको र केही घाइते उपचारपश्चात घर फर्किसकेका छन्।

तीव्र गतिमा गुडाउँदा अनियन्त्रित भई बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बस चालक फरार रहेका छन् भने प्रहरीले उनको खोजी कार्य तीव्र पारेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.