प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

राजनीति : निर्वाचन २०७४

दश मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने विशेष सुरक्षा तयारी
SHARES

मंसिर ९, २०७४

    बाँके : मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बाँके जिल्लामा थप सुरक्षा बल उपलब्ध गराउने योजनाका साथ विशेष तयारी गरिएको छ।

    जिल्ला प्रहरी कार्यालयले सबै मतदान केन्द्रमा आवश्यक परे १० मिनेटमै थप सुरक्षा बल उपलब्ध गराउने भएको छ। बाँके जिल्लामा १३६ मतदानस्थलमा ३२७ मतदान केन्द्र निर्धारित गरिएको क्षेत्रीय निर्वाचन अधिकारी वसन्तराज अधिकारीले बताए।

    प्रहरीका अनुसार मतदान हुने दिन मतदान केन्द्रको चार तहमा सुरक्षा हुनेछ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले फरक फरक कोणबाट सुरक्षा निगरानी गर्नेछन्।

    संवेदनशील मानिएका जिल्लाका १२६ स्थानका लागि प्रहरी र सेनाको मोबाइल गस्ती परिचालन गरिने, अनुसन्धान अधिकारी खटाउने र निगरानीको विशेष व्यवस्था गर्ने सुरक्षा तयारी पूरा भएका छन्।

    वैधानिक हतियार संकलन 

    बाँके जिल्लामा वैधानिक हतियार पूर्णरुपमा संकलन भइसकेको छ।

    जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार जिल्लाभित्र नागरिकसँग लाइसेन्ससहित ५४८ वटा हतियार रहेका छन्। निर्वाचन शान्तिपूर्ण र मर्यादित बनाउनका लागि हतियार संकलन गरिएको हो।

    सो क्रममा प्रहरीले २९० वटा हतियार संकलन गरेको जनाएको छ। प्रशासनका अनुसार कूल हतियारमध्ये १३६ वटा सशस्त्र द्वन्द्वमा लुटिएको र १०० वटा बाहिरी जिल्लामा सरेको छ। सम्पूर्ण विवरणमध्ये २२ वटा हतियारको अवस्था अझै अपुष्ट रहेको जनाइएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]