|

पाँचथर : नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भन्दै प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको नेकपा माओवादी केन्द्र पाँचथरले जनाएको छ। प्रहरीले केही दिनअघि पक्राउ गरेको जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर-५,साविक प्राङ्वुङ–३ तेर्सेका २६ वर्षीय मौसम थाम्सुहाङ नेपाल कम्युनिस्ट पार्टीको नभई आफ्ना कार्यकर्ता भएको माओवादी केन्द्रको दाबी छ।

पार्टी जिल्ला संयोजक होम जवेगू (सूर्यमान)ले विनाकारण नेकपाको कार्यकर्ता भन्दै पक्राउ गर्नु अनुचित भएको बताए। उनले पक्राउ परेका थाम्सुहाङलाई रिहाइ गर्न माग पनि गरेका छन्। संयोजक जबेगूका अनुसार थाम्सुहाङका बुबा महेन्द्र थाम्सुहाङ र आमा कुमारी थाम्सुहाङ माओवादी केन्द्रको पार्टी सदस्य हुन्।

पक्राउ परेका थाम्सुहाङ जिल्ला प्रहरी कार्यालयमा छन्। उनलाई गत साता भने प्राङबुङ प्रहरीले झैझगडा गरेको आरोपमा पक्राउ गरी एक रात प्रहरी चौकीमा राखेर छाडेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.