|

दार्चुला : व्यास गाउँपालिका वडा नम्बर ३ मा रहेको सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत प्रहरीको खोरमा पुगेका छन्।

उक्त मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रुपमा खटिएका  सुरेशसिंह विष्टलाई महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी खोरमा राखिएको हो। दार्चुलाको दोस्रो ठूलो बजार गोकुलेश्वरमा विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी सुरेशसिंह विष्टलाई प्रहरीले अनुसन्धान गर्न नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

सिद्धमावि सिनाको मतदान केन्द्रमा खटिएका ती सहायक मतदान अधिकृतले राति वास बसेको ठाउँमा महिलामाथि हातपात गरेको भन्दै स्थानीयले निवेदन दिएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर साउँदले जानकारी दिए। ‘पीडित पक्ष आएको छैन, निवदेनका आधारमा हामीले उनलाई नियन्त्रणमा राखेका छौं। थप अनुसन्धान भइरहेको छ।’ प्रहरी निरीक्षक साउँदले भने।

निर्वाचनका लागि खटिएका सहायक मतदान अधिकृत थुनिएपछि त्यसकेन्द्रमा कर्मचारी व्यवस्थान भइसकेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.