|
Representative Photo

सिरहा : सिरहा क्षेत्र नम्बर २ का संघीय समाजवादी फोरमका उम्मेदवार शत्रुघनप्रसाद सिंहको जिपमा कुकर बम फेला परेको छ। सिंह पूर्व राज्यमन्त्री हुन्।

चुनाव प्रसारप्रसारका क्रममा सिंहले चढ्ने गरेको बा. ३ च. ७६६१ नम्बरको जिपमा कुकर बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए।

निर्वाचनको प्रचार प्रसारको क्रममा उम्मेदवार सिंहसहित फोरम कार्यकर्ताहरुको टोली घरदैलो गरेर फर्किंदा जिपको पछिल्लो भागको सिटमा बम भेटिएको प्रहरीले जानकारी दिएको छ।

बमलाई चोहर्वास्थित नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको प्रहरी निरीक्षक सुवेदीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.