|

दार्चुला : पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरु भएको छ। जिल्लाका १२९ मतदान केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्लाभरिमा दुई हजार ११५ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। विकसित घटनाक्रमलाई आधार मानेर सबै मतदान केन्द्रमा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।

जिल्लाभरिका ७८ हजार ५१३ मतदाताले यो निर्वाचनमा सहभागिता जनाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। महाकाली नगरपालिका–५ को अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको मतदान क केन्द्रमा ८४ वर्षीय दिलानन्द बडूले पहिलो मतदान गरेको मतदान अधिकृत डा अम्बिका पोख्रेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.