|

बैतडीः बैतडीमा बिहान ७ बजेदेखि १ सय ८२ मतदान केन्द्रमा मतदान कार्य शान्तिपूर्ण रुपमा चलिरहेको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ शाहिलेकस्थित वीरेन्द्र मावि मतदान केन्द्रमा ९१ वर्षीय देवुदेवी तिरुवाले भोट हालेकी छन्।

उक्त मतदान केन्द्रमा अहिलेसम्म भोट हाल्ने उनी सबैभन्दा जेष्ठ मतदाता रहेको मतदान अधिकृत प्रवीण शाहले बताए। १ हजार ५ सय ४९ मतदाता रहेको उक्त मतदानस्थलका दुवै मतदान केन्द्रमा  बिहान ९ बजेसम्म ३ सय मतदाताले भोट हालिसकेको शाहले बताए।

जिल्लाका अन्य मतदानस्थलमा पनि उत्साहपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । बैतडीमा १ लाख ३२ हजार ३ सय १९ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.