|
Photo : faktor.hu

सल्यान : सल्यानमा चट्याङमा परी एक महिलाको ज्यान गएको छ। सल्यान वामे गाविस-७ खानीगाउँकी ३५ वर्षीया धनसरी पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारका प्रहरी प्रमुख चक्र बहादुर खत्रीले जानकारी दिए। 

बाख्रा चराउन जंगल गएको समयमा शनिबार बेलुका ५ बजेतिर परेको चट्याङ लागि पुनको मृत्यु भएको उनले जानकारी दिए। इलाका प्रहरी कार्यालय सल्लीबजारबाट ५ घण्टाको दुरीमा घटना घटेकाले आइतबार बिहान मात्रै थाहा भएको उनले बताए। चट्याङले मृतक पुनका ६ वटा बाख्रा समेत मरेका छन्। 

यस्तै, शनिबारनै परेको चट्याङले देवस्थल २ माल्पेमा २ जना घाइते भएका छन्। घाइते दुवै प्राथामिक उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.