पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न नसक्नेसँग डराउदैनौं : बागी उम्मेदवार

|

  • दीपक शर्मा-

सल्यान : वामगठबन्धनलाई असहयोग गरेको भन्दै माओवादी केन्द्र सल्यानले जिल्ला संयोजकसहित २ जनालाई कारबाही गर्न सिफारिस गरेको छ। आइतबार सल्यान खलंगामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी, महाधिवेशन आयोजक समिति सदस्यद्वय टीकाराम वली र ज्ञान बहादुर वलीलाई साधारण पार्टी सदस्यसमेत नरहने गरी कारबाहीका लागि प्रदेश कार्यालयमा सिफारिस गरेको जानकारी दिइएको हो।

पार्टी नीति र निर्णयविरुद्ध गई वामगठबन्धनका  साझा उम्मेदवारविरद्ध स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको भन्दै कारबाहीको लागि सिफारिस गरिएको माओवादी केन्द्र सल्यानका जिल्ला इन्चार्ज नेवबहादुर कवरले जानकारी दिनु भयो।

यस्तै, मंसिर १२ गतेभित्र स्वतन्त्र उम्मेदवारको पक्षमा लागेलाई सार्वजनिक रुपमा वाम गठबन्धनको पक्षमा उभिन अपिल गरिएको छ। बुढाथोकीलाई कारबाहीको सिफारिस गरेसँगै निमबहादुर केसीलाई संयोजक बनाइएको समेत जानकारी गराइएको छ।

तर, उता आफूलाई कारबाहीले कुनै प्रभाव नपार्ने कारबाहीको सिफारिसमा पर्ने व्यक्तिहरुले प्रतिक्रिया दिएका छन्। स्वतन्त्र उम्मेदवारको जित सुनिश्चित हुँदै गइरहेको अवस्थामा हारको छटपटाहटको प्रतिक्रिया भएको बताएका छन्। कारबाही हुन्छ भनेरै हामी स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका हौँ यस्ता कारबाहीले हामीलाई कुनै असर गर्दैन, जिल्लाभर स्वतन्त्र उम्मेदवारको पक्षमा जनलहर देखेपछि हारको मनस्थितिको नतिजा भएको ज्ञानबहादुर वलीले प्रतिक्रिया दिए।

आपूmहरु वाम गठबन्धनको विरोधमा नभई सल्यानमा सीमित व्यक्तिको स्वार्थका कारण गरिएको अन्यायविरुद्ध आवाज मात्र भएको उनको भनाइ छ। आफ्नो पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्न हिम्मत नगर्नेहरुको कारबाहीले कुनै असर नगर्ने वलीले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.