|

  • महेश्वर अधिकारी-

बाराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १६ टाँगियाबस्तीमा संयुक्त वाम गठबन्धनका उम्मेदवारहरूलाई लक्षित गरी बम विस्फोट गराइएको छ। 

बारा क्षेत्र नम्बर– ३ का वाम गठबन्धनका प्रतिनिधिसभातर्फका उम्मेदवार अध्यानन्द पाण्डे र प्रदेशसभातर्फका उम्मेदवार ज्वाला साहलाई लक्षित गरी बम विष्फोट गराइएको हो। टाँगियाबस्तीमा घरदैलो तथा चुनावी कार्यक्रमका लागि पुगेका बेला उनीहरूलाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ। 

बम विष्फोटबाट कुनै क्षति भने भएको छैन। बाराका प्रहरी उपरीक्षक राजकुमार वैदवारले सामान्य खालको बम विस्फोट भएको जानकारी दिए। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही विस्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको परिचय खुलाइएको छैन। 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक वैदवारले जानकारी बताए। घटनास्थल वन क्षेत्रसँग नजिक भएकाले वन क्षेत्रमा सर्च अभियान थालिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.