|

काठमाडौं : पहिलो चरणको निर्वाचन अन्तर्गत आइतवार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ विभिन्न राजनीतिक दलबाट ३६ महिला उम्मेदवारको भाग्य मतपेटिकामा संरक्षित  छ।  

बत्तीस जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ र प्रदेश सभा सदस्यतर्फ ७४ स्थानका लागि भएको निर्वाचनमा विभिन्न दलबाट ७०२ जना प्रतिस्पर्धामा रहेकोमा ३६ जना महिला प्रतिस्पर्धामा छन्।   ठूला दल कांग्रेस,  एमाले र माओवादी केन्द्रबाट जम्मा नौ जना मात्रै महिला प्रतिस्पर्धामा छन्।  

निर्वाचन आयोगका अनुसार पहिलो चरणमा प्रतिनिधि सभा सदस्यतर्फ १६ महिला चुनावी प्रतिस्पर्धामा भएकोमा ठूला दलबाट तीन महिला मात्र चुनावी मैदानमा छन्।  त्यसैगरी प्रदेश सभा सदस्यतर्फ २० जना महिला चुनावी प्रतिस्पर्धामा रहेकोमा छ जना महिला ठूला दलको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा छन्।  

महिलाद्वारा मतदान केन्द्र व्यवस्थापन
आइतवार भएको निर्वाचनमा दुईवटा निर्वाचन केन्द्रमा मतदान गराउने कर्मचारी महिला मात्रै खटिएका थिए।  रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित रसुवा मावि धुन्चे मतदान केन्द्र र पाँचथर जिल्लाको फिदिम नगरपालिका–३ सुम्निमाका दुईवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि कर्मचारी सुरक्षाकर्मीसम्म महिला खटाइएको हो।  

रसुवाको मावि धुन्चे मतदान केन्द्रमा सुरक्षाकर्मी बाहेक मतदान अधिकृतदेखि कर्मचारी महिला मात्रै खटाइएको थियो भने पाँचथरको सुम्निमाका दुई मतदान केन्द्रमा भने सुरक्षाकर्मीसहित सबै महिलाकै नेतृत्वमा निर्वाचन सञ्चालन गरिएको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.