|

  • महेश्‍वर अधिकारी

बाराः निजगढमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगुको प्रकोप फैलिएको छ। डेंगुबाट एक सातामा २५ जना संक्रमित भएका छन्। निजगढ९ स्थित समुदायमा आधारित प्रसुती गृहमा १८ जना भर्ना भएका छन्।

७ जनाले अस्पतालको निगरानीमा उपचार गराईरहेका निजगढ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए। अस्पतालमा विरामीको चाप बढेपछि ब्यस्थापन गर्न हम्मेहम्मे परेको छ। एक महिना अघिबाट डेंगु सुरु भए पनि अझैं डेंगु नियन्त्रणमा आउन नसकेको हो।

निजगढ८ बकैया टोल सबैभन्दा बढी प्रभावित भएको छ। स्थानीय कृष्णप्रसाद दंगाल परिवारका तीन जना सहित १५ जनालाइ संक्रमण भएको छ। डेंगुको विरामी ह्वात्तै बढेपछि निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले प्रसुती गृहमा पुगेर विरामीसंग भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।

प्रमुख खनालले महामारी घोषणा गरि डेंगु फैलिन नदिन जिल्ला जनस्वाथ्य कार्यालयलाई आग्रह गरिएको बताए। डेंगुको प्रकोप पूर्वपश्चिम राजमार्गका आसपासका बस्ती बढी प्रभावित भएको हो। स्वास्थ्य कार्यालयको प्राविधिक टोलीबाट राजमार्ग आसपासमा स्प्रे गर्ने तयारी निजगढ नगरपालिकाका  प्रशासकिय अधिकृत भरतचन्द्र अधिकारीले जानकारी दिए।

बच्ने कसरी?

एडिस एजिप्टाई नामक पोथी लामखुट्टेले यो रोग सार्छ। सङ्लो पानीमा अण्डा पार्ने यो लामखुट्टेले खासगरी बिहान र बेलुकाको समयमा टोक्छ।

डेंगु संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्यो भने यो रोग सर्छ। संक्रमित व्यक्तिबाट यो रोग सर्दैन। डेंगुको मुख्य लक्षण भनेकै ज्वरो आउनु हो। शुरुमा सामान्य ज्वरो आए पनि १ सय ५ डिग्रीसम्म ज्वरो आउने र ढाड र मासंपेशी करकरी खाने जस्ता लक्षण देखिने सम्वन्धित डाक्टरहरु बताउछन्।

यो भाइरसको खास उपचार छैन। यसमा देखिएका लक्षणहरुका आधारमा सहायतात्मक उपचार गरिन्छ। शरीरमा प्लेटलेट्सको संख्या चिन्ताजनक अवस्थामा झर्छ। यसबाट जोगिने उपाय भनेकै एडिस एजिप्टाई लामखुट्टेको टोकाईबाट बच्नु हो। लामखुट्टेलाई भगाउन क्रिम, क्वाइल रिप्ल्यान्ट आदिको प्रयोग गर्नुपर्छ, पुरा शरीर ढाकिने कपडा लगाउनुपर्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.