|

गोरखा : आइतबार सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपेटिका ल्याउने काम गोरखामा पनि चलिरहेको छ। सडक सञ्जाल पुगेका ठाउँमा सडकबाट र सडक सञ्जाल नजोडिएका क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत मत पत्र ल्याइएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले जानकारी दिए।

‘उत्तरी क्षेत्रका २८ मतदान केन्द्रका मतपेटिकाहरु हेलीमा ल्याइएको हो’ उनले भने ‘हिँडाएर, बोकाएर ल्याउन सुरक्षा खतरा बढ्ने भएकोले यसरी सेनाको हेलीमा ल्याइएको हो।’ २८ वटै मतदान केन्द्र गोरखा क्षेत्र नं. १ मा पर्छन्।

यस क्षेत्रमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका चीनकाजी श्रेष्ठ र माओवादी केन्द्रका हरि अधिकारी चुनावी मैदानमा छन्। त्यस्तै, प्रदेश सभा क्षेत्र नं. १ को ख मा पर्ने यहाँ नेपाली कांग्रेसका राजेन्द्र बजगाईँ र नेकपा एमालेका रामशरण बस्नेत चुनावी मैदानमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.