|

काठमाडौं : सामान्यतया शरीरमा इन्सुलिन भन्ने हर्मोनका कारण मधुमेह लाग्ने, थाइरोइड हर्मोनको गडबढीले थाइराइडसम्बन्धी समस्या आउने त धेरैलाई थाह हुन्छ। तर, शरीरमा विभिन्न खालका हर्मोनहरुको गडबढीले जटिल समस्या देखापर्छ भन्ने कुरा धेरैलाई थाह नहुन सक्छ।

वेलैमा उपचार गरेमा शरीरमा देखापर्ने हर्मोनजन्य समस्याहरुबाट छुटकारा पाउन सकिन्छ। तर, धेरै मानिसहरु समयमै यस्ता समस्या पत्ता लगाउन नसक्दा लामो समयसम्म शरीरमा जटिल प्रकृतिका समस्या झेल्न बाध्य भइरहेको पाइन्छ।

सासानो चोटपटक लाग्दा पनि शरीरको हड्डी कमजोर हुनु, शरीरमा अनावश्यक रौँ आउँछ, अस्वाभाविक रुपमा शरीरको तौल बढ्दै जान्छ भने शरीरमा विभिन्न खालका हर्मोनहरुको गडबढी  भएको लक्षण हुन सक्छ। तर, यस्ता समस्या देखिँदाँ समस्यालाई राम्रोसँग परीक्षण नगर्दा शरीरमा जटिलता आइरहेको हुन्छ।

हर्मोनसम्बन्धी समस्या विशेषत वंशानुगत कारणले देखापर्ने भए पनि पछिल्लो समय वातावरणीय कारण, विभिन्न खालका क्रिम र औषधिहरुको प्रयोग, लामो समयसम्म आयुर्वेदिक औषधिको सेवनले पनि हर्मोनसम्बन्धी समस्या बढेर अस्पताल आउने बिरामीहरुको संख्या बढ्दै आएको पाइन्छ। हर्मोनको गडबढीले देखापर्ने समस्याहरुलाई  समयमै उपचार गर्नसके पूर्णरुपमा सन्चो हुने भए पनि समयमै समस्या पत्ता लगाउन नसक्दा थप जटिलता निम्त्याइरहेको चिकित्‍सकको भनाइ छ। 

शरीरमा कुन हर्मोन गडबढी भए के समस्या देखापर्छ?

पुड्कोपन

हाम्रो शरीरमा पिट्युटरी ग्रन्थी हुन्छ। यसले हाम्रो शरीरमा विभिन्न खालका हर्मोनहरु निकाल्ने गर्छ। यस ग्रन्थीले निकाल्ने हर्मोन भनेको ग्रोथ हर्मोन हो। यो हर्मोनको महत्पूर्ण काम भनेको शरीरको उचाइलाई निर्धारण गर्नु हो। शरीरमा ग्रोथ हर्मोन धेरै भयो भने मानिसको उचाइ अस्वाभिक रुपमा बढ्छ भने कम भएमा उचाइ बढ्दैन त्यसैले मानिस होचो हुने मुख्य कारण भनेकै शरीरमा ग्रोथ हर्मोनको कमी हुनु हो।

जन्मजात ग्रोथ हर्मोनको कमी भयो भने बच्चाको उचाइ बढ्न सक्दैन। सामान्यतया बच्चा जन्मिएको १० वर्षसम्म उमेरअनुसार उचाइ बढेन भने हर्मोनको परीक्षणमार्फत हर्मोनको औषधि सेवन गरेमा उचाइ बढ्ने सम्भावना हुन्छ भने १० वर्ष भन्दामाथि भने कुनै पनि उपचार गर्न सकिँदैन। यसका साथै शरीरका अगंहरु ओठ, गाला, हातखुट्टा  अस्वाभाविक रुपमा ठूलो हुनु पनि शरीरमा ग्रोथ हर्मोन धेरै भएर हुने समस्या हो।

हिनावारी गडबढीका साथै बाँझोपन

प्राय धेरै महिलाहरुमा महिनावारी गडबढी हुने समस्या हुन्छ। यसको मुख्य कारण भनेको महिलाको शरीरमा पोल्याट्रिन हर्मोनको गडबढी हो। पोल्याट्रिन हर्मोन शरीरमा धेरै भएमा महिलाहरुको स्तनबाट आफैँ दुध बग्ने हुन्छ। सामान्यतया गर्भवती र सुत्केरी महिलाको स्तनबाट दूध आउनु स्वाभिकै भए पनि अविवाहित किशोरी र गर्भवती नभएका महिलाहरुको स्तनबाट समेत पोल्याट्रिन हर्मोन धेरै भएमा दूध आउने गर्छ।

महत्पूर्ण कुरा भनेको पोल्याट्रिन हर्मोनको कमी भएमा महिला पुरुष दुवैमा बाँझोपनसमेत हुने गर्छ। महिलाहरुमा १२ वर्षभन्दा अगाडि नै महिनावारी सुरु हुनु कसैमा २० वर्षसम्म पनि महिनावारी सुरु नहुनु महिनावारी भएको वेलामा धेरै रक्त जानु पनि पोल्याट्रिन हर्मोनकै कारण हो।

मोटोपनका साथै अस्भाविक दुब्लोपन

हाम्रो शरीरमा रहेको एड्रिनल ग्रन्थीबाट निस्कने कटिजोन हर्मोन हो। यही कटिजोम हर्मोनको धेरै भएमा शरीर अस्वा‍भाविक रुपमा मोटाउँदै जाने, रगतमा सुगरको मात्रा बढ्दै जाने हुन्छ। भने  कटिजोन हर्मोनको कमी भएमा खानेकुरा नपच्ने शरीर दुब्लाउदै जाने हुन्छ।  यसका साथै प्रेसर कम हुने, यसका साथै शरीर कालो हुँदै जाने पनि कटपजोन हर्मोनको कारण हो।

समयमै पिसाब नलाग्नु वा पिसाब फेर्न गाह्रो हुनु

पिसाब लागेजस्तो हुनु तर पिसाब फेर्ने वेलामा नआउनु वा गाह्रो हुने समस्या देखिएको छ भने पनि हर्मोनको गडबढीले हुनसक्छ। शरीरमा एन्टिडाविटिज भन्ने हर्मोनको गडबढी भयो भने पिसाबसम्बन्धी समस्या देखापर्छ। शरीरमा एन्टिडाइविटिज हर्मोन धेरै भएमा धेरै पिसाब हुने हुन्छ। एन्टिडाइविटिज हर्मोन धेरै भएमा दिनमा १० लिटरभन्दा बढी पिसाब हुन्छ। यस्तै, पिसाब फेर्न गाह्रोसमेत हुने गर्छ।

यौवन अस्था छिटो वा ढिलो सुरु हुनु

शरीरमा एलएच, र एफएसएच हर्मोनको धेरै भयो भने केटीहरूमा ७ वर्षभन्दा कम उमेरमै यौवन अवस्थाको लक्षण देखापर्न सक्छ। यो हर्मोन धेरै भएमा केटीहरुमा ७ वर्षभन्दा अगाडि नै महिनावारी सुरु हुने, स्तन बढ्ने गर्छ भने केटाहरुमा जुँगा, दारी आउने, स्वर परिवर्तन हुने, १० वर्षभन्दा पहिले नै अण्डकोष ठूलो हुने, लिंग बढ्नेजस्ता लक्षण देखिन्छन्। भने एलएच, र एफएसएच हर्मोन बढी भएमा २० वर्ष पुग्दासमेत यौवन अवस्थाको लक्षण नदेखिने गर्छ।

मिर्गौलामा समस्या साथै हड्डी बारम्बार टुट्नु

हाम्रो शरीरको हड्डीलाई मजबुत गराउने महत्वपूर्ण भूमिका हर्मोनको पनि हुन्छ। यदि सानो चोटपटकमा पनि हातखुट्टा भाँचिन्छ। मिर्गौलामा स्ट्रोन देखिन्छ भने हाम्रो प्याराथाइराइड हर्मोनको गडबढी भएको छ कि भनेर विचार गर्नुपर्छ।

हड्डीलाई बलियो बनाउने भनेको क्याल्सियम र फस्फोरसले हो। यिनीहरूलाई सही तरिकाले राख्न प्याराथाइराइड हर्मोनले निकाल्ने हर्मोनको भूमिका हुन्छ। यदि प्याराथाइराइड हर्मोन बढी भयो भने रगतमा क्याल्सियमको मात्रा बढ्ने गर्छ। जसका कारण सामान्य चोटपटकमा हातखुट्टा भाँचिने गर्छ। यसका साथै शरीरमा प्याराथाइराइड हर्मोन बढी भएमा मिर्गौलामा स्ट्रोन देखापर्छ। यसका साथै रक्तचापमा घटबढसमेत हुने गर्छ।

यसका साथै समयअगावै कपाल फूल्नु,पुरुषको स्तन बढ्नु पनि हर्मोनको गडबढी हो। पुरुषमा टेस्टोस्टेन हर्मोनको कमीले गर्दा स्तन बढ्ने गर्छ। पुरुषहरुमा टेस्टोस्टेन हर्मोनको कमी भएमा यौन इच्छामा समेत कमी आउने हुँदा लक्षण देखिनेबित्तिकै उपचार गर्नुपर्छ। बारम्बार झाडापखला हुनु, उमेरअगावै बूढोपन देखापर्नु, छाला चाउरी पर्नु पनि शरीरमा हर्मोन गडबडी भएको लक्षण हुने हुँदा पटकपटक यस्ता लक्षण देखापरे समयमै उपचार गराउनुपर्छ।

इन्डोक्राइनोलोजिस्ट डा‍ अंशुमाली जोशीसँग गरिएको कुराकानीमा आधारित।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.