|

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिका- १ को थामा भन्ने स्थानमा कांग्रेस नेतालाई लक्षित गर्दै सुतली बम विस्फोट गराइएको छ। कांग्रेसका नेता खिलध्वज पन्थी र क्षेत्रीय सभापति भगतसिंह खड्का सवार लु१च ९४५८ नंबरको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको नेता खड्काले बताए।

भूमिगत समूहरूले विस्फोट गराएको हुनसक्ने भन्दै उनीहरूको खोजी कार्यलाई तीब्रता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानककारी दिए।   विस्फोटबाट कुनै क्षति नपुगेको बताइएको छ।

गुल्मीमा यस्ता घटनाहरू हुन थालेपछि सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरी उपरीक्षक अनुरागकुमार द्बिवेदीले बताए। कांग्रेस नेताहरू नेटा दर्लिङमा चुनावी सभालाई सम्बोधन गर्न जाँदै थिए।

यता, नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नियोजित तरिकाबाट घटाइएको उक्त घटनामा संलग्न पक्षको खोजी गरी कारवाहीको दायरामा ल्याउन जोडदार माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.