|

बाँकेः इलाका प्रहरी कार्यालय हिरमिनियाले तीन थान हतियारसहित एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा डुडुवा गाउँपालिका– ६, बल्दीपुर्वाबाट बन्दुक र कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

बहराइच रूपइडिहा केवलपुर ग्रामका ५३ वर्षका पर्शुराम पासी र डुडुवा गाउँपालिका– ६ का ५० वर्षका राजेन्द्रकुमार गोडियाले ल्याउँदे गरेको हतियार पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। 

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा लोनिया फरार भएको र पासीको साथबाट दुई थान कटुवा पेस्तोल र उक्त पेस्तोलमा लाग्ने एक थान गोली नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए। 

उनका अनुसार राजेन्द्रकुमार गोडियाको घर खानतलास गर्ने क्रममा निजको घरबाट एक थान लोड भएको भरुवा बन्दुकसमेत बरामद भएको छ। फरार गोडियाको खोजतलासका लागि प्रहरी परिचालन गरिएको बाँके प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.