|

हुम्ला : हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरको विमान उडान भर्ने क्रममा दुर्घटना हुँदा चालकदलका सदस्यसहित ४ जना घाइते भएका छन्। मंगलबार बिहान ९ बजेर ३५ मिनेट जाँदा उडान भर्ने क्रममा तारा एयरको 9 APM विमान धवानमार्गमै दुर्घटनामा परेको हो।

घाइते हुनेमा क्याप्टेन वसन्त लामा र अनुप गुरुङ, परिचारिका श्रेया श्रेष्ठ तथा प्रहरी सहायक निरीक्षक यमप्रसाद दाहाल सिमकोट विमानस्थल प्रशासनले जनाएको छ। उनीहरुको अहिले जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ।

सिमकोटबाट सुर्खेतका लागि उडान भर्ने क्रममा धावनमार्गबाट चिप्लिएको विमान धावनमार्गमुनिको स्थानीयको घरमा ठोक्किन पुगेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.