|

लहान : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ३ बाट प्रहरीले विशेष सूचनाको आधारमा एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ। सप्तरीका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाबाट खटिएको प्रहरी टोलीले तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराबाट सोमबार राति चार जनालाई पक्राउ गरेको हो।

गाउँको एक घरमा बसेर मदिरा सेवन गरिरहेको सूचना प्राप्त भए लगत्तै जिल्लाबाट गएको प्रहरी टोलीले राति साढे ८ बजेतिर पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले बताए। प्रहरीले पक्राउ परेकाहरुको नाम नखुलाए पनि उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने तीन राउण्ड गोली समेत बरामद भएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरुको विषयमा अनुसन्धान भइरहेको छ।

नजिकिदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था भरपर्दो बनाएको दावी गरिरहेकै बेला गाउँबाट हतियारसहित मानिस पक्राउ पर्न थालेपछि निर्वाचन बिथोल्न खोज्नेहरु पनि सक्रिय हुन थालेको आशंका गरिएको छ।

सिरहा सप्तरी लगायतका जिल्लामा सशस्त्र गतिविधि गरिरहेको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को नाममा विष्फोट, सुरक्षाकर्मीमाथि गोली प्रहारका घटना हुन थालेपछि सर्वसाधारणमा त्रास बढेको छ।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.