|

  • विकास डाँगी-

दाङः दाङको तुलसीपुरमा बम विस्फोट हुँदा म्यादी प्रहरीसहति आठ जना घाइते भएका छन्। 

घाइते हुनेमा तुलसीपुर– १८ बस्ने म्यादी प्रहरी विनोद चौधरी,  तुलसीपुर– १७ का १९ वर्षका बिनोद चौधरी, तुलसीपुर– १८ की २३ वर्षकी जेनी वली, शान्तिनगर गाउँपालिका– २ का ५० वर्षका हिमलाल राम्जाली, बबई गाउँपालिका– ६ का ३६ वर्षका नेबबहादुर खत्री, १ ८ वर्षकी सुनिता चौधरी, सल्यान थारमारेकी ४० वर्षकी देवी डीसी, सल्यानको ढोरचौरकी ४५ वर्षकी नरवनी बुढाथोकी घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र थप उपचारका लागि नेपालगंज रेफर गरिएको राप्ती अञ्चल अस्पतालले जनाएको छ।

गम्भीर घाइेत जेनी वली , म्यादी प्रहरी विनोद चौधरी , नेबबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.