|

गोरखा : मुग्लिन-मलेखु सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङबाट त्रिशूली नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ।

अन्य ९ जना घाइते भएका छन्।  काठमाडौबाट अर्घाखाँची जाँदै गरेको लु१ख २९१ नम्बरको बस बुधबार बिहान ९: १५ बजे फिस्लिङबाट त्रिशूली नदीमा खसेको चितवन प्रहरीले जनाएको छ।

त्रिशूलीमा डुबेको बसको केही भाग मात्रै देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। अहिले उद्धारको काम जारी रहेको  छ। बसमा कति यात्रु थिए भन्ने खुलेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.