'कार्यक्रमस्थल नपुग्दै धरापमा पर्नुभयो'

|

काठमाडौं: उदयपुरमा विद्युतीय धरापमा परी उम्मेदवारसहित ४ जना गम्भीर र दुई सामान्य घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरुको अहिले महाराजग‌ंजस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

उदयपुर २ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार नारायणबहादुर कार्की, कांग्रेस कार्यकर्ता, धनमाया सार्की र गाडी ड्राइभर राजन कार्की  प्रहरी जवान कालीदास श्रेष्ठ गम्भीर घाइते भएका छन्। त्यस्तै धरापमा पत्रकार नवराज पौडेल र कांग्रेस कार्यकर्ता मीरा कटुवालको पनि उपचार भइरहेको छ।

उम्मेदवार कार्की र ड्र‍ाइभर राजन कार्कीको अवस्था गम्भीर रहेको छ। 'बिहान उदयपुरको नेपालटारमा राखिएको कार्यक्रममा हिँड्नुभएको थियो, कार्यक्रमस्थल नपुग्दै विद्युतीय धरापमा पर्नुभयो', उम्मेदवार नारयणबहादुर कार्कीका आफन्त निरज कार्कीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.