|

महोत्तरीः ज्याकेटमा लुकाएर ल्याउँदै गरेको लागूऔषधसहित महोत्तरीको बर्दिबास नगरपालिका– ८ मिलनचोकबाट एक युवा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका– ६ का २४ वर्षका मनीष श्रेष्ठ रहेको इलाका प्रहरी कायौलय बर्दिबासका प्रहरी नायव उपरीक्षक प्रवीण पोखरेलले बताए।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उनलाई फक्राउ गरेको हो। बा४३प १६८४ नम्बरको मोटरसाइकलमा औरहीबाट बर्दिबास आउने क्रममा प्रतिबन्धित लागूऔषधसहित उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

श्रेष्ठको साथबाट लागूऔषध नाइट्रोसन नब्बेवटा ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ५६ वटा ट्याब्लेट बरामद भएको छ। श्रेष्ठमाथि  लागूऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रह्रीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.