|

महोत्तरीः नेकपा एमाले जिल्ला अध्यक्ष जामुन मण्डलको निधन भएको छ। 

चुनाव प्रचारका क्रममा बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको नेकपा एमालेका केन्द्रीय सदस्य रामदयाल मण्डलले बताए। चुनाव प्रचार प्रसारकै क्रममा मण्डल बिरामी परेका थिए। 

४५ वर्षका अध्यक्ष मण्डल दश दिनअघि महोत्तरीको भटौलियाको चुनावी सभामा पेट दुःखेपछि जलेश्वर अस्पतालमा उनलाई उपचार गराइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लगिएको थियो। ‘मझपरपुरमा उपचार गराइयो। त्यहाँ उपचार सम्भव नभएर पटना लगिएको थियो’, नेकपा एमालेका केन्द्रीय सदस्य मण्डलले भने, ‘कलेजोमा समस्या आएको थियो। उपचारकै क्रममा उहाँको निधन भयो।’

सोमबार मात्रै महोत्तरीको बर्दिबास नगरपालिका– ३ कालापानीका पुराना नेकपा एमालेका स्थानीय नेता इन्द्रबहादुर पुलामीको चुनावी सभामा हृदयाघातका कारण निधन भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.