|

काठमाडौं: केही दिनदेखि उम्मेद्धवार लक्षित बम प्रहार, एम्बुस थाप्ने घट्ना बढ्न थालेपछि गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरिरहेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरु उपस्थिति छन्। बैठकमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति राजेन्द्र क्षत्रीको सट्टा बलदेवराज महत उपस्थित छन् भने नेपाल प्रहरीका प्रमुख प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी र सशस्त्र बलका प्रमुख सिंहबहादुर श्रेष्ठको उपस्थिति रहेको छ।

यस्तै, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार एकमणि नेपाल र गृह प्रवक्ता एवम् शान्ति सुरक्षा महाशाखाका प्रमुख नारायणप्रसाद दुवाडीसमेत बैठकमा उपस्थित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.