|

ओखलढुंगा : वाम गठबन्धनले ओखलढुंगाका केही केन्द्रमा पुनः मतदान गराउन माग गरेको छ। बुधबार साँझ विज्ञप्ति जारी गर्दै गठबन्धनले यस्तो माग गरेको हो।

गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ र माओवादी केन्द्रका जिल्ला संयोजक एवं क्षेत्र नम्बर २ का प्रदेशसभा उम्मेदवार मोहन खड्काले विज्ञप्ति जारी गर्दै बलखुलगायत सुनकोसी गाउँपालिका- ४ र ५ तथा मोलुङ गाउँपालिका- ४ मा भएका घटना छानविन गर्न माग गरेका छन्।

यस्तै आरुभञ्ज्याङ निमावि दिप्सिङमा कांग्रेसले मतदान केन्द्र कब्जा गरेको गठबन्धनको आरोप छ। सो केन्द्रमा आफ्ना कार्यकर्ता तथा मतदातालाई जान नदिई कांग्रेसले एकलौटी मतदान गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।

मतपेटिका संकलन भइसके पनि प्रतिनिधिसभातर्फका एमाले उम्मेदवार यज्ञराज सुनुवारले बलखुका दुई केन्द्रको निर्वाचन स्वीकार्न नसकिने बताए। सुनकोसी गाउँपालिकाअन्तर्गतका ती केन्द्रमा आफ्ना नेता कार्यकर्तालाई जान नदिई कांग्रेसले एकलौटी मतदान गरेको सुनुवारको आरोप छ।

ओखलढुंगामा मंसिर १० गते चुनावका दिन कांग्रेस कार्यकर्ताको आक्रमणमा पनि एमाले जिल्ला सदस्य जिबी खड्कासहित ३ जना घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.