|

रौतहट : कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले आफ्नो दशौं विवाह उत्सवको अवसरमा बिहीबार ‘उनी र म’ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

रौतहटको चन्द्रपुर नगरपालिका– ८ सन्तपुरमा निर्माण भइरहेको धुर्मुस–सुन्तली फाउण्डेसनको नमुना वस्तीमा उनीहरूले विवाह उत्सव मनाउदै भिडियो सार्वजनिक गरेका हुन्। उक्त घर निर्माण गर्ने कामदारसँगै बसेर उनीहरूले दशौं विवाह उत्सव मनाएका थिए। 

भिडियो एकदमै रमाइलो र राम्रो भएको कलाकार धुर्मुसले बताए। म्युजिक भिडियो एकदमै समय सान्दर्भिक भएकाले सबैले एक पटक हेर्नसमेत कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ले आग्रह गरिन्। 

सुबिहानी फिल्मसको प्रस्तुति रहेको भिडियोमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव एवं गीतकार दिनेश थपलियाको शब्द, संगीतकार अर्जुन पोखरेलको संगीत अनि चर्चित गायक/गायिका राजेशपायल राई र अन्जु पन्तको स्वर रहेको छ। म्युजिक भिडियोमा धुर्मुस र सुन्तलीले अभिनय गरेका छन्।

हेर्नुस् भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.