|

गुल्मी : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदातासँग भोट माग्न नेपाली कांग्रेसले जिल्लामा यन्त्रमानव (रोबोट) ल्याएको छ। भोट माग्न ल्याइएको रोबोटको बिहीबार सदरमुकाम तम्घासमा उद्घाटन गरिएको नेविसंघ केन्द्रीय सदस्य सुदर्शन खनालले जानकारी दिए।

काठमाडौंबाट ल्याइएको उक्त रोबोट निर्वाचन अवधिभर प्रयोग हुने काङ्ग्रेसले जनाएको छ। सदरमुकाम तम्घास र अन्य पिच सडकमा मात्र हिड्न सक्ने उक्त रोबोटले उद्घाटनको बेला गुल्मी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार चन्द्र केसीको लागि भोट मागेको थियो।

मानिसको आकार भएको रोबोट पाङ्ग्रामार्फत सीमित गतिमा आफै गुडेर भोट माग्छ। जिल्लामा यसरी रोबोटमार्फत पार्टीलाई भोट माग्ने प्रविधि काङ्ग्रेसले पहिलो पटक प्रयोगमा ल्याएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.