|

तनहुँ : दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देश दौडाहामा छन्। उनी आफ्नो चुनाव प्रचारमा भन्दा पनि देशका विभिन्न ठाउँमा कांग्रेसले आयोजना गरेको आमसभामा संवोधन गर्न पुगेका छन्। पौडेलका छोरा चिन्तन भने बाबुका लागि मत माग्न तनहुँको गाउँगाउँमा पुगेका छन्।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका वरिष्ठ नेता पौडेल जिल्लामा मात्रै बसेर भोट माग्न नभ्याउने भएकाले छोरा चिन्तन मतदातासमक्ष पुगेर मत माग्न व्यस्त भएका हुन्। युवाहरुलाई समेटेर गाउँ गाउँ पुग्दै बाबुको पक्षमा मतदाता रिझाउन व्यस्त बनेका चिन्तनले लोकतन्त्र रक्षाको लागि कांग्रेसलाई मतदान गर्नुपर्ने बताउने गरेका छन्। चिन्तन तनहुँका ग्रामीण भेगका जनताका लागि परिचित अनुहार भने होइनन्। उनी जिल्लाकै कांग्रेस कार्यकर्तासँगै गाउँ पुगेका छन्।

वरिष्ठ नेता पौडेल पुगेको ठाउँ र नपुगेको ठाउँमा समेत चिन्तनले पुगेर तनहुँको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउदै मतदातालाई रिझाउने गरेका छन्। बाबुको चुनाव प्रचारकै लागि चिन्तन केही दिनअघि तनहुँ आएका थिए। उनीसहितको टोलीले बन्दीपुर, देवघाट र व्यास नगरपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरेको छ।

त्यस्तै क्यामिन, बर्लाची, जौबारी लगायतका गाउँमा पुगेर क्लव र आमा समुहसंग स्थानीय समस्या बुझेर सहयोग गर्ने आश्वासन दिँदै लोकतान्त्रिक गठबन्धनलाई मत माग्ने गरेकाछन्। कांग्रेसले जितेमा मात्र तनहुँको विकास हुने भन्दै तनहुँलाई समृद्ध बनाउनको लागि लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउनुपर्ने उनको भनाइ छ। चिन्तनले बुधबार बन्दीपुर गाउँपालिकास्थित डुम्रे, भन्सार र आँबुखैरेनी लगायतका क्षेत्रमा सभा र घरदैलो गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.