|

काठमाडौं : नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३७ विकास बैंकमध्ये १५ कम्पनीले गत वर्षको नाफाबाट लाभांस घोषणा गरेका छन् भने दुई बैंकले साधारणसभामार्फत पारित समेत गराइसकेका छन्। टुरिजम डेभलपमेन्ट बैंकले मंसिर ४ गते सम्पन्न साधारणसभाबाट आर्थिक वर्ष २०७२/७३ को नाफाको आधारमा १७ करोड १० लाख ७७ हजार ५ सय बराबरको बोनस सेयर वितरण गर्ने तयारी गरेको छ। यस्तै कामना सेवा विकास बैंकको कात्तिक १ गते सम्पन्न साधारणसभाले १० बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ। 

प्रस्तावित लाभांस घोषणा गरेका १५ कम्पनीमध्ये कैलाश विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले साधारणसभाको मिति तय गरिसकेका छन्। उक्त प्रस्ताव पारितका लागि कैलाश विकास बैंकले मंसिर १५ गते र एक्सेलले मंसिर १७ गते साधारणसभा बोलाएका छन्। 

प्रस्तावित बोनस सेयरमध्ये सबैभन्दा बढी यसवर्ष मितेरी डेभलपमेन्ट बैंकले दिने घोषणा गरेको छ। मितेरीले गत वर्षको नाफाबाट ३१.४८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। गत वर्ष १२ करोड११ लाख ६० हजार नाफा कमाएको यस बैंकले पूँजी वृद्धिका लागि यस वर्ष आकर्षक लाभांसश वितरण गर्न लागेको जानकारी दिएको छ। प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले हरेक वर्ष नाफा वितरणको अवस्थामा बढेको बताउँदै यस वर्ष पूँजी वृद्धिका लागि केही बढी नै दिन लागेको जानकारी दिए। उनका अनुसार राष्ट्र बैंकको निर्देशनमा मितेरीले पुस मसान्तभित्र ५० करोड चुक्तापूँजी पुर्‍याउनुपर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.