|

गोरखा : नेकपा माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ बिरामी भएका छन्। चुनावी दौडधूपले बिरामी भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले पुष्टि गरे।

‘गत ७ गते देखि नै बिरामी हुनुहुन्थ्यो’ श्रेष्ठले भने ‘चुनावी दौडधूपले गलायो। निद्रा पनि पुगेको थिएन। ज्वोरो आएको थियो। ब्लड पनि कमी भएको भनेर डाक्टरहरुले भन्नुभएको छ। अहिले रिकभर हुँदै छ।’

श्रेष्ठका अनुसार नारायणकाजी ललितपुरस्थित किस्ट अस्पतालमा गत १३ गतेदेखि भर्ना गरी उपचाररत छन्।  गोरखा क्षेत्र नं. २ मा श्रेष्ठसँगै नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन्।  चुनावअगावैदेखि गोरखा पुगेका श्रेष्ठ १० म‌ंसिरमा मतदान गरेर ११ मंसिरमा राजधानी फर्केका थिए।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.