|

काठमाडौं : एड्सविरुद्धको अभियानमा थप उत्साहका साथ सामेल हुन आह्वान गर्दै नेपालमा पनि ३०औं विश्व एड्स दिवस मनाइँदैछ। दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. विकास लामिछानेले सन २०३० को अन्त्यसम्ममा एड्सको महामारीलाई अन्त्य गर्नका लागि सबैको प्रतिबद्धता, प्रयास र लगानीलाई अझ रणनीतिक, सशक्त, सुदृढ र तीव्र बनाउन सरकार लागि परेको स्पष्ट पारे।

उनले एचआइभी संक्रमितहरुलाई बेलैमा उपचार, हेरचाह र स्याहार गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। नेपालमा सन् २०१० को तुलनामा सन् २०१६ सम्ममा ५७ प्रतिशत एचआइभी संक्रमित घटेको सरकारी तथ्याङ्क छ। नेपालमा हाल ३२ हजार ७ सय ३५ जनामा एचआइभी संक्रमण भएको तथ्याङ्क छ।

सरकारले सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआइभी तथा एड्ससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चचालन गरिरहेको छ। यस वर्षको विश्व एड्स दिवसको नारा 'मेरो स्वास्थ्य, मेरो अधिकार' रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.