बञ्जरालाई प्रोत्साहन सम्मान

|

काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले यस वर्ष उत्कृष्ट समाचार लेख्ने चार पत्रकारलाई सेजन अवार्ड दिएको छ। २०७३ कात्तिक मसान्तदेखि २०७४ असोजसम्ममा प्रकाशन तथा प्रशारण भएका समाचारमध्येबाट सेजन दिवसको अवसमा शुक्रबार चार पत्रकारलाई अवार्ड प्रदान गरिएको हो।

यस वर्ष छापा माध्यमतर्फ नागरिक दैनिकका दिलीप पौडेल र कान्तिपुर दैनिकका कृष्ण आचार्यलाई अवार्ड दिइएको छ। त्यस्तै विद्युतीय माध्यमबाट कर्पोरेटनेपाल डटकम अनलाइनका सीताराम विलासी र राष्ट्रिय समाचार समिति (रासस) का किरण भट्टराईले सेजन अर्वाड प्राप्त गरेका छन्। 

सेजनका पूर्वअध्यक्ष सम्मिलित निर्णायक मण्डलले एक वर्षभरीमा प्रकाशन प्रशारण भएका समाचारमध्येबाट उत्कृष्ट समाचार लेख्ने पत्रकार छनोट गरेर अवार्ड प्रदान गर्ने निर्णय गर्छ। अवार्ड जित्ने चारै जनालाई कदर पत्र सहित जनही २५ हजार रुपैयाँ समेत प्रदान गरिएको छ।

त्यस्तै सेजनले यस वर्ष पहिलो पटक प्रोत्साहन सम्मान पनि दिएको छ। क्यापिटल म्याग्जिनका विनय वञ्जाराले लेखेको समाचारलाई प्रोत्साहन सम्मान प्रदान गरिएको हो। 

अवार्ड जित्ने कुन हुन् समाचार?

यस वर्ष अवार्ड जित्ने पत्रकाहरुले अनियमितता र सरकारी नीति विपरीत काम गर्ने सरकारी निकायकै विषयमा समाचार लेखेका छन्। जसमध्ये नागरिक दैनिकका दिलीप पौडेलले नेपाल आयल निगमले पेट्रोल भण्डारणका लागि जग्गा किन्दा व्यापक अनियमितता भएको विषयमा समाचार लेखेका थिए।

त्यस्तै कान्तिपुर दैनिकका कृष्ण आचार्यले सरकारी अनुमति विना भारतीय धर्म गुरु तथा उद्योगी रामदेवले नेपालमा लगानी गरेको समाचार लेखेका थिए। राससका किरण भट्टराईले श्रमका लागि मलेसिया जाने नेपालीले अनाधिकृत रुपमा रकम तिर्नुपरेको विषय समाचारमार्फत उठान गरेका थिए।

त्यस्तै कर्पोरेट नेपाल  डटकमका सीताराम विलासीले अनियमित तवरबाट विवादित चिनिया कम्पनी चाइना गेजुवालाई बुढीगण्डकी आयोजना र नलसिन गाड आयोजना निर्माणको ठेक्का दिने सरकारी निर्णयको विषयमा समाचार लेखेका थिए। प्रोत्साहन पुरस्कार पाउने क्यापिटल म्याग्जिनका विनय बञ्जाराले भौतिक मुद्रामा अदृश्य लगानीको विषयमा समचार लेखेका थिए।

खोजमुलुक र अनियमितता सम्बन्धी समाचार लेख्न कठिन र चुनौतीपूर्ण रहेको विजेताहरुले बताएका छन्। 'मैले नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितताको बारेमा समाचार लेख्ने क्रममा सुरुमा धेरै प्रोत्साहन पाएँ, पछिल्लो समयमा मलाई धम्की आउने र प्रलोभनमा फसाउन समेत खोजियो तर निरन्तर दुई महिना एउटै समचार लेखिरहेँ' पुरस्कृत दिलीप पौडेलले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.