|

सिन्धुली: काठमाडौंबाट उदयपुर जाँदै गरेको बा३ख ८४६७ नम्बरको माइक्रोबस वीपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका- ११ बुका दोभानमा शुक्रबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका– ६ निवासी ६५ वर्षका राजेन्द्रप्रसाद भट्टराई रहेका छन्। दुर्घटनामा परी अन्य १४ जना घाइते भएका छन्। घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिए।

दुर्घटनामा परेको सोही माइक्रो बसले बर्दिबासबाट काठमाडौंतर्फ आउँदै गरेको स२प ५९४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उदयपुर कटारी निवासी ४५ वर्षका कर्णबहादुर तामाङसमेत घाइते भएका छन्। तीव्र गतिमा रहेको उक्त माइक्रोबसले अर्को माइक्रोबसलाई उछिन्न खोज्दा मोटरसाइकललाई ठक्कर दिई सडकबाट करिब ७० फिट तल खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.