|
फोटो: अन्नपूर्ण

प्युठान: दाह्री कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन्। धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका ५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्।

उमेरले आफूभन्दा ३७ वर्ष कान्छी पत्नी दुर्गा पौडेलको मायाले उनलाई तानेको छ। भोट माग्न उनी प्युठानका गाउँघर डुल्दै छन्। मसालको संसदीय मोर्चा(राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष रहेकी उनकी पत्नी त्यहाँ वाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन्।

बितेका निर्वाचनमा पनि उनी भूमीगत रूपमा राष्ट्रिय जनमोर्चाको चुनावी प्रचारप्रसारमा सामेल हुन्थे। जिल्लाका निश्चित ठाउँमा मात्र पुगेर उनले मतदातासँग भोट माग्ने गरेका थिए। तर, यसपालि भने उनको सक्रियता बढेको छ। सधैँ अर्धभूमिगत भइरहने सिंहको यसपालिको सक्रियतालाई प्रतिस्पर्धीले ‘पत्नी मोहको आरोप लगाएका छन्। पत्नी उम्मेदवार भएकै कारण उनको क्रियाशीलता बढी देखिएको विपक्षीहरूले उनीमाथि आरोप लगाउँछन्। सिंहले आफू ६५ वर्षको हुँदा ०५८ सालमा २८ वर्षीया पौडेलसँग पछिल्लो गरेका थिए।

यसपालिको निर्वाचनमा सिंहले जिल्लाका करिब दर्जनजति पार्टी प्रशिक्षण सम्पन्न गरिसकेका छन्। पत्नी पौडेलसँगै भने उनी हिँडेका छैनन्। सिंहले चुनाव जित्न विशेष रणनीतिक योजना बनाएर वाम मतदातालाई ऊर्जाका साथ प्रशिक्षण दिँदै आएका छन्। सातादेखि चुनावमा सक्रिय सिंहले जिल्लाका मच्छी, चुँजा, बाहाने, खलंगा, विजुवार, बरौला, चकचके, भिंगृ, ठूलावेसीलगायत स्थानमा पुगेर वाम मतदातालाई ऊर्जा थप्ने काम गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.